चितवन-२ मा भइरहेको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार रवि लामिछानेले प्रतिस्पर्धीभन्दा ३६ सय ६६ मतको अग्रता लिएका छन्।
रविले हालसम्म ६ हजार ५६८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत ल्याएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनिसकेर भरतपुरको मतगणना चलिरहेको छ।
198
Shares

प्रतिक्रिया