ad ad

राजनीति


बीपीको समाजवादबाट प्रेरित भएँ, अब्बल प्रमाणित गर्न सकिनँ : गोविन्द भट्टराई

बीपीको समाजवादबाट प्रेरित भएँ, अब्बल प्रमाणित गर्न सकिनँ : गोविन्द भट्टराई

नेपालखबर
बैशाख ११, २०८० सोमबार २०:६, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले मतदाताप्रतिको विश्वास पूरा गर्न अब्बल प्रमाणित गर्न नसकेको स्वीकार गरेका छन्। आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहँदा भट्टराईले सामाजिक सञ्जालमार्फत जनताको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता जनाएका छन्। 

भट्टराईले भनेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

भट्टराईले पदलाई कहिल्यै प्राथमिकता नराखेको भएपनि जनताको पीडाले आफूलाई सधैं छोइराखेको पनि उल्लेख गरेका छन्। 

‘हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ। पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो,’ उनले भनेका छन्, ‘ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ।’

आफूलाई विश्वास गरेर सकारात्मक प्रतिक्रिया दिनेप्रति आभार प्रकट गरेका छन्।

‘चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें,’ उनले भनेका छन्।

आइतबार रातिबाटै सुरु भएको तनहुँ–१ को पछिल्लो मतपरिणाम अनुसार भट्टराई रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेभन्दा १० हजार मतले पछि छन्। 

वाग्लेले २२ हजार २६० मत ल्याउँदा भट्टराईले १२ हजार ९११ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .