बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ९५४ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ७ हजार ६७२ मत गणना भएको छ।
सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए।
तर अहिले फेरि उनले अग्रता अघि बढाएका छन्।
कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ३०४ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।
उता नेकपा एमालेका पुरुषोत्तम पौडेल १ हजार ४ मतसहित तेस्रो स्थानमा छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ४०९ मत ल्याएका छन्।
अन्तिममा रहेका प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवालीले २३१ मत ल्याइसकेका छन्।
Shares

प्रतिक्रिया