ad ad

राजनीति


उपनिर्वाचन : बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान सुरु

उपनिर्वाचन : बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान सुरु

चितवनको नारायणी नमुना मावि मतदानस्थलमा लामबद्ध मतदाता। तस्बिर : कृष्ण आचार्य/रासस


नेपालखबर
बैशाख १०, २०८० आइतबार ७:११, काठमाडौँ

प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन क्षेत्रमा उपनिर्वाचन सुरु भएको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार (आज) बिहान ७ बजेबाट मतदान हुँदैछ।

तीनवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया सुरु भएको छ। 

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन्। 

त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुन लागेको हो। तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ। 

त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो। यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन्।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ। 

मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .