ad ad

राजनीति


राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभा अध्यक्षले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभा अध्यक्षले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

नेपालखबर
बैशाख ६, २०८० बुधबार १०:८, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्यलाभको कामनासहित स्वास्थ्य अवस्थाबारे जानकारी लिएको तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए।

राष्ट्रपतिको स्वास्थ्य अवस्था हेर्दा आत्तिहाल्न नपर्ने देखिएको र थप परीक्षण र उपचारका लागि चिकित्सकहरूले भारत लैजान सुझाव दिएको जानकारी शर्माले दिए।

राष्ट्रपतिलाई आज थप उपचारका लागि भारत लगिँदै छ। राष्ट्रपति पौडेललाई श्री एयरलाइन्समार्फत नयाँदिल्लीको एम्स अस्पताल लान लागिएको हो। 

राष्ट्रपति पौडेलको फोक्सोको तल्लो भागमा पानी जमेको, निमोनिया संक्रमण देखिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .