ad ad

समाज


उपचारका लागि राष्ट्रपति पौडेल भारत प्रस्थान

उपचारका लागि राष्ट्रपति पौडेल भारत प्रस्थान

नेपालखबर
बैशाख ६, २०८० बुधबार १०:१२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ।

उनलाई केही बेरअघि श्री एयरलाइन्समार्फत भारतको नयाँ दिल्ली लगिएको हो। 

नयाँ दिल्लीको एम्स हस्पिटलमा राष्ट्रपतिको उपचार हुने शीतल निवासले जनाएको छ।

राष्ट्रपति पौडेललाई विदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।

 

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए। 

तर, स्वास्थ्य समस्या बढेपछि उनलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .