नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य चूडामणि जंगली नेकपा एमालेमा प्रवेश गरेका छन्।
गत फागुन १२ गते समाजवादी छाड्न राजीनामा दिएका जंगली मंगलबार एमालेमा प्रवेश गरेका हुन्। जंगली र उपाध्यक्ष केदार न्यौपानेको राजीनामा समाजवादीले फागुन १४ गते स्वीकृत गरेको थियो।
जंगलीलाई मंगलबार एमालेका संगठन विभभाग प्रमुख तथा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टीमा स्वागत गरे।
संविधानसभा सदस्य भइसकेका जंगलीसहित ३० जना कार्यकर्तालाई अधिकारीले एमालेमा स्वागत गरे।
जंगलीले समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेसँगै पार्टी छाडेका थिए। एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला फागुन १४ मा बसेको समाजवादीको सचिवालयको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको थियो।
240
Shares
प्रतिक्रिया