राष्ट्रपति रामचन्द्र पौडेलले आफूले सुविधामा आएको गाडी फिर्ता गरेका छन्। पूर्वसभामुखको हैसियतमा संसद सचिवालयले उपलब्ध गराएको गाडी राष्ट्रपति निर्वाचित भएसँगै पौडेलले फिर्ता गरेका हुन्।
उनी गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपति निर्वाचित भएको ४० दिनपछि पौडेलले संसद सचिवालयलाई गाडी फिर्ता गराएका हुन्।
यसअघि सुविधामा लिएको गाडी संसद सचिवालयलाई फिर्ता गराइएको राष्ट्रपति पौडेलको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
54
Shares

प्रतिक्रिया