समाज


रवि लामिछानेका चालकलाई थप उपचार गर्न मेडिसिटी ल्याइयो

रवि लामिछानेका चालकलाई थप उपचार गर्न मेडिसिटी ल्याइयो

चालक थापालाई नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर ल्याइँदै


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १७:५४, काठमाडौँ

अढाई तले घरबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा शम्भुलाई थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको छ। 

कलेज अफ मेडिकल साइन्सेस चितवनमा गम्भीर र नाजुक स्वास्थ्य स्थितिबीच ३६ घण्टासम्म उपचारपछि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको हो। 

उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको लामिछानेले बताएका छन्। उनलाई थप उपचारको लागि चिकित्सक र आफन्तको सल्लाहमा नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर मेडिसिटी अस्पतालमा पठाइएको लामिछानेले बताए। 

उनले थापालाई सम्बोधन गर्दै दुवैलाई हार्ने छुट नरहेको बताएक छन्। 'प्रिय भाइ, हामी दुवैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad