नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा एकै गाडीमा ओली निवास बालकोट पुगेका छन्।
ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गरिरहेका छन्।
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा छलफल हुँदै छ।
दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान पनि बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका थिए।
सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएर आराम गरिरहेका छन्।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र
कांग्रेस सभापति देउवा ओलीनिवास बालकोटमा गएका हुन्।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, काँग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन्।
विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी
विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।
आइतवार बिहान सभामुखले बालकोटमा बैठक बोलाएपनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन।
Shares

प्रतिक्रिया