ad ad

कारोबार


प्रोभिजन बढ्दा पनि वाणिज्य बैंकहरुलाई राम्रो नाफा, कुनले कति कमाए?

सरकारीतर्फ राष्ट्रिय वाणिज्य बैंक अगाडि
प्रोभिजन बढ्दा पनि वाणिज्य बैंकहरुलाई राम्रो नाफा, कुनले कति कमाए?

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८० सोमबार ११:३१, काठमाडौँ

चालु आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म वाणिज्य बैंकहरुको नाफा ९.५९ प्रतिशतले बढेको छ। 

चालु आवको फागुनसम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेका हुन्। 

गत वर्ष त्यही अवधिमा वाणिज्य बैंकहरुले ४६ अर्ब ८६ करोड रुपैयाँ नाफा गरेका थिए। 

चालु आर्थिक वर्षमा लगानी याग्य रकम (तरलता) समस्या झेलिरहेका बैंकहरु आक्रामक रुपमा व्यवसाय बढाउन सकेका छैनन्। 

व्यवसाय बढाउन नसके पनि वाणिज्य बैंकहरुको नाफा भने बढेको देखिन्छ।  

बैंकहरुको कर्जा रिकोभरी अपेक्षाजनक रुपमा नहुँदा बैंकहरुको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) समेत बढेको छ। 

फागुनमसान्तसम्म नबिल बैंकले सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। नबिल बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ। 

गत वर्ष त्यही अवधिमा नबिल बैंकले ३ अर्ब रुपैयाँ नाफा गरेको थियो। नेपाल बंगलादेशलाई मर्ज गरेपश्चात नबिलको नाफा ५ अर्ब बढी पुगेको छ। 

त्यसैगरी नेपाल बैंकले फागुनसम्म २ अर्ब ११ करोड नाफा गरेको छ। गत वर्ष नेपाल बैंकले २ अर्ब २ लाख नाफा गरेको थियो। 

सरकारीमध्ये राष्ट्रिय वाणिज्यको नाफा ३ अर्ब ३६ करोड
सरकारी बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा गरेको छ। बैंकले चालु आवको फागुन मसान्तसम्ममा ३ अर्ब ६७ करोड नाफा गरेको छ। नेपाल बैंकले २ अर्ब ११ करोड र कृषि विकास बैंकले ४१ करोड रुपैयाँ नाफा गरेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानीमा रहेको कृषि विकास बैंकले फागुन मसान्तमा ४१ करोड नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको थियो। 

अन्य कुन बैंकले कति नाफा? 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड नाफा गरेको छ। त्यसैगरी स्टान्डर्ड चाटर्ड बैंकले २ अर्ब २६ करोड, हिमालयन बैंकले १ अर्ब ७८ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ६४ करोड, एभरेष्ट बैंकले २ अर्ब २३ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेका छन्। 

कुमारी बैंकले २ अर्ब ६ करोड, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड, ग्लोबल आइएमईले ४ अर्ब ३७ करोड, सिटिजन्स बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ३९ करोड, सनराइज बैंकले १ अर्ब ८ करोड, एनएमबि बैंकले २ अर्ब ६० करोड, प्रभु २ अर्ब २२ करोड र सानिमा बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .