ad ad

राजनीति


उपनिर्वाचनमा सेना खटाइने

उपनिर्वाचनमा सेना खटाइने

नेपालखबर
बैशाख ३, २०८० आइतबार १९:५३, काठमाडौँ

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७२/१२/२८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७१/१२/२८ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७१/१२/३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ।’

आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .