ad ad

राजनीति


परिचय पत्रको विवरण रुजु गर्ने जिम्मा निजी कम्पनिलाई दिनेप्रति चित्रबहादुरको आपत्ति

परिचय पत्रको विवरण रुजु गर्ने जिम्मा निजी कम्पनिलाई दिनेप्रति चित्रबहादुरको आपत्ति

नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:४१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन्।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको पनि बताए। 

‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिई आपत्तिजनक छ,’ केसीले भने, ‘एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य छ।’

उनले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बतताए। 

‘यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्ड भन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ। देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन,’ केसीले भने।

जुनसुकै आवरणमा प्रकट भएपनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनुपर्ने उनको भनाई थियो। 

‘पुराना पार्टीहरुले नै गल्ती गरेका थिए। उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे,’ केसीले भने, छनयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्क परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ ग¥यो। त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न।’

अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भएपनि उनीहरुले पनि पुरानै गल्ती दोहो¥याउने काम गरिरहेको दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .