ad ad

बागमती


मकवानपुरका १० स्थानीय तहमध्ये थाहा नगरपालिकाको बेरुजू सबैभन्दा बढी

मकवानपुरका १० स्थानीय तहमध्ये थाहा नगरपालिकाको बेरुजू सबैभन्दा बढी

नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:४१, हेटाैँडा

मकवानपुरको थाहा नगरपालिकाको बेरुजू ११ करोड ४२ लाख २७ हजार पुगेको छ। यो बेरुजू रकम मकवानपुरका दश पालिकामध्ये सबैभन्दा बढी हो।

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा बेरुजू रकम सार्वजनिक भएको छ।

आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखापरीक्षणमा ६ करोड २५ लाख २५ हजार बेरुजू रहेकोमा थाहानगरको बेरुजू दोस्रो कार्यकालको जनप्रतिनीधि आएको एकै वर्षमा ५ करोड १७ लाख २ हजार थपिएको छ।

अघिल्लो जनप्रतिनीधिको कार्यकालमा दुई पटक बेरुजु कम भई देशभरका स्थानीय तहमध्ये पुरस्कृत भएको थाहा नगरपालिका अहिले जिल्लामै सबैभन्दा बढी बेरुजु भएको पालिकाको रुपमा परिचय बनाएको प्रतिवेदन सार्वजनिक भएको हो। आर्थिक वर्ष २०७८/०७९ मा थाहानगरको ६.५३ प्रतिशत बेरुजू छ।

मकवानपुरमा सबैभन्दा कम बकैया गाउँपालिकाको ०.७ प्रतिशत बेरुजू छ। त्यस्तै हेटौंडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत, इन्द्रसरोवर गाउँपालिकाको १.९५, मनहरीको २.११, मकवानपुरगढी गाउँपालिकाको २.३७, कैलाशको ३.१३, बागमतीको ३.८४, भिमफेदीको ३.२६, राक्सिराङको ३.७८ र प्रतिशत बेरुजू कायम रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .