ad ad

राजनीति


योगेश भट्टराईको दाबी– चितवन २ मा फेरि रविले जिते दोस्रोपटक उपनिर्वाचन हुन्छ

योगेश भट्टराईको दाबी– चितवन २ मा फेरि रविले जिते दोस्रोपटक उपनिर्वाचन हुन्छ

फाइल तस्बिर : एमाले सचिव योगेश भट्टराई


नेपालखबर
बैशाख ३, २०८० आइतबार ११:१७, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा गत मंसिरमा भएको चुनावको जस्तो नतिजा आए पुनः उपचुनाव हुनसक्ने आशंका व्यक्त गरेका छन्। 

एमाले सचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै फेरि पनि उनले जिते चितवन–२ मा पुनः चुनाव गराउनुपर्ने अवस्था आउने टिप्पणी गरेका हुन्। 

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए। प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उपचुनावमा पनि उम्मेदवार बनेका उनको दोहोरो राहदानी विवाद कायमै छ। यद्यपि महान्यायाधिवक्ताको कार्यालयले यस प्रकरणमा मुद्दा चलाउनुनपर्ने देखिएको ठहर गरिसकेको छ। 

चुनाव प्रचारका क्रममा चितवन आएका एमाले सचिव भट्टराईले आइतबार बिहान प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेले कानुन उल्लंघन गर्दा चितवन २ मा उपनिर्वाचन गर्नुपरेको बताउँदै पुनः उनी नै विजयी भए फेरि उपचुनाव हुने दाबी गरेका हुन्। 

‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’, नेता भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठीकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो।’

रविकै कारण चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। जहाँ रविसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेलगायत उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .