राजनीति


एमाले महासचिवको विश्लेषण : यसरी उल्ट्याउन सकिन्छ चितवन–२ को परिणाम

एमाले महासचिवको विश्लेषण : यसरी उल्ट्याउन सकिन्छ चितवन–२ को परिणाम

नेपालखबर
बैशाख २, २०८० शनिबार २१:१९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवन–२ को परिणाम उल्ट्याउन सकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै महासचिव पोखरेलले चितवन–२ को निर्वाचन परिणाम उल्ट्याउन सकिने दाबी गरेका हुन्।

गत मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशमा नेकपा एमालेलाई मतदान गरेका मतदाताले सूर्यका पक्षमा मतदान गर्ने र नेपाली कांग्रेसले आफ्नो संगठित भोटको रक्षा गर्ने हो भने चितवन–२ को परिणाम उल्ट्याउन सकिने उनको विश्लेषण छ। 

‘गत चुनावमा प्रदेशमा नेकपा (एमाले)लाई मतदान गरेका मतदाताहरुले सूर्यका पक्षमा मतदान गर्ने र नेकांले आफ्नो संगठित भोटको रक्षा गर्ने हो भने चितवन २ को परिणाम यस पटक अवश्य उल्टने छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। 

अगाामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ को प्रतिस्पर्धालाई रोचक मानिएको छ। 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जित नारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad