ad ad

राजनीति


एमाले र जनमत पार्टीलाई तह नलगाएसम्म मुलुक सुरक्षित हुँदैन : उपेन्द्र यादव

एमाले र जनमत पार्टीलाई तह नलगाएसम्म मुलुक सुरक्षित हुँदैन : उपेन्द्र यादव

चुनावी सभालाई सम्बोधन गर्दै उपेन्द्र यादव। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १७:३५, काठमाडौँ

संसद ‘कोल्याप्स’ गर्ने र विखण्डनको नारा बोक्ने दल लोकतन्त्रको लागि घातक हुन्– उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विखटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि घातक रहेको बताएका छन्। 

बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन्। 

‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ, यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छन्,’ उनले भने। 

यी दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवले दाबी गरे। 

कुनै पनि विधेयक संसद बाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको उनले बताए। 

तर नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपति विद्या भण्डारीले लाखौँ युवालाई अवसरबाट बञ्चित गराएको आरोप यादवले लगाए।

बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै उनले काठमाडौंलाई बसोबासयोग्य बनाउने बाराबासी नै रहेको जानकारी दिए। अध्यक्ष यादवले बाराकै नागरिक हरिसिंह देवले काठमाडौंको सभ्यता र संस्कृति स्थापित गराएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .