नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा पत्नी आरजुको देवरबाबुका रुपमा आफूलाई प्रस्तुत गर्नुलाई लोकतान्त्रिक अधिकार भनेका छन्।
बिहीबार नयाँ वर्ष २०८० को शुभकामना दिने क्रममा उनले आरजु, अर्का महामन्त्री गगन थापा र आफ्नो फोटोसहितको व्यंग्य पोस्टर राख्दै यसो भनेका हुन्।
पछिल्लो समय कांग्रेसमा पुनर्जागरण गर्ने विश्वासमा तुषारापात गरेको भन्दै कार्यकर्ता र सर्वसाधारण तहबाट दुई महामन्त्रीको आलोचना हुने गरेको छ। कतिपयले उनीहरुलाई आरजुका आदेशपालक भन्दै कटाक्ष पनि गरिरहेका छन्।
यस्तोमा उनले व्यंग्य र आलोचना गर्ने छुट सबैलाई भएको बताएका छन्। 'व्यंग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ। यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न', उनले भने, 'तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन्।'
उनले त्यसक्रममा नयाँ वर्षको पनि शुभकामना दिँदै यस्तो व्यंग्य, आलोचना र प्रश्नलाई सदैव स्वागत गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ l यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न l तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् !
नवबर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता ! pic.twitter.com/1nmMqzir8y — Bishwa Prakash शर्मा (@bishwaprakash77) April 13, 2023
Shares

प्रतिक्रिया