राजनीति


एमालेले संसद विघटन गर्न चाहेको भनेपछि नेपाललाई भट्टराईको प्रश्न : होसमा त हुनुहुन्छ?

एमालेले संसद विघटन गर्न चाहेको भनेपछि नेपाललाई भट्टराईको प्रश्न : होसमा त हुनुहुन्छ?

फाइल तस्वीर


नेपालखबर
चैत २९, २०७९ बुधबार १८:३, काठमाडौँ

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन्।

उनले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताए। उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे। 

उनले भने, ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ। मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले। मध्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई। तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या। उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन।’ 

सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे।

उनले थपे, ‘जुन पार्टी प्रतिपक्षमा छ। त्यो पार्टीले कसरी संसद विघटन गर्छ? उहाँले के भन्दै हिँड्नुभएको छ? सपना देख्नुभएको छ कि? विपनामा हुनुहुन्छ कि? होसमा हुनुहुन्छ कि? हुनुहुन्न कि? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवि राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ।’

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे। उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए। उनले अहिले कांग्रेस आफ्नो हैसियतमा नरहेको बताए।

सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .