राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित नेता डा. ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो आफ्नो नभएको फेरि दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बैठक जारी रहेका बेला पत्रकारहरुमाझ आएका उनले आफू अहिले निलम्बित भए पनि अदालतबाट क्लिन चिट लिएर फर्किने बताए।
तर उनले यो अडियो गत जनवरीको भएको स्वीकारेका छन्। उक्त अडियो अहिले निर्वाचनका बेला सार्वजनिक गरिनु पार्टीविरुद्ध षड्यन्त्र गरिएको पनि उनले दाबी गरे।
'मसँग जोडिएको अडियो भाइरल भइरहेको छ। त्यसले गर्दा पार्टी र उपनिर्वाचनमा घात परेको हुनाले यसप्रति म क्षमाप्राथी छु', उनले भने, 'यस्तो अडियो अहिले जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। मेरो अहिलेको आवाजलाई पनि इडिट गर्न सकिन्छ। ह्वाट्स एपमा कुरा गरिएको भनिएको छ। तर यो अडियोमा मेरो स्वर पनि तोडमोड गरेर बाहिर ल्याइएको छ।'

उनले दोहोर्याउँदै आफ्ना कारण पार्टीलाई परेको असरप्रति माफी मागेका छन्। 'पार्टीप्रति परेको असरप्रति क्षमा चाहन्छु', उनले अन्तिममा भने, 'वैशाख १० को उपनिर्वाचनमा पार्टीलाई भोट दिएर तीनै क्षेत्रका उम्मेदवारहरुलाई जिताइदिनु होला।'
उनले त्यसक्रममा पत्रकारहरुको प्रश्नको सामना गर्न भने मानेनन्। आफूमाथिको आरोपको प्रतिवाद गरेका उनले पत्रकारका प्रश्नको उत्तर नदिई पत्रकार सम्मेलनस्थल छाडे।
भिडिओ
Shares

प्रतिक्रिया