ad ad

राजनीति


जुगल हिमालमा ५ वर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

जुगल हिमालमा ५ वर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

नेपालखबर
चैत २८, २०७९ मंगलबार १७:१, काठमाडौँ

सरकारले जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने निर्णय लिएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वर्षका लागि निःशुल्क आरोहण गर्ने अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

‘भर्जिन’ हिमालको उपमा पाएको जुगल हिमालमा २०७४ मा आरोहण अनुमति खुलाइएको थियो। 

त्यसपछि जुगल गाउँपालिका–३ गुम्बा गाउँस्थित जुगल हिमशृङ्खला ६१५१ मिटर उचाइको ग्याल्जेन चुचुरोमा २०७५ चैत अन्तिम साता पहिलो पटक सफल आरोहण भएको थियो।

ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्छन्। त्यसबेला समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले जुगल आरोहण गरेका थिए। 

उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये ६२५६ मिटरदेखि ६९६६ मिटर उचाइका आठ अग्ला चुचुरा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .