ad ad

राजनीति


एमाले नेता लेखराजको घर पुगे प्रधानमन्त्री प्रचण्ड

एमाले नेता लेखराजको घर पुगे प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
चैत २६, २०७९ आइतबार ११:३६, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको निवासमा पुगेका छन्।

धनगढी विमानस्थलमा अवतरण भएलगत्तै उनी कैलालीस्थित गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको भट्टको घरमा पुगेका हुन्। 

No description available.

भर्खरै भट्टको निवासमा पुगेका दाहाल चिया नास्ता गरेर त्यहाँबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

भट्ट पूर्वमाओवादी नेता हुन्। भट्ट माओवादीमा स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए। पहिले पनि प्रधानमन्त्री प्रचण्ड धनगढी आउँदा लेखराजको घर जाने गरेकोमा नेकपा विभाजनपछि भने उनीहरूबीच राम्रो सम्बन्ध थिएन।

धनगढी आउँदा प्रधानमन्त्री प्रचण्ड लेखराजको घर पुगेर खाना खाएर जाने गर्थे। तर २०७५ पछि उनीहरूको सम्बन्ध चिसिएको थियो, त्यसपछि यहाँ आउँदा उनले भट्टलाई भेट्ने गरेका थिएनन्।

No description available.

तत्कालीन नेकपाको धुव्रिकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका भट्टलाई दाहालले धनगढीको एक सभामा होच्याएर बोलेका थिए। त्यसपछि उनीहरुबीचको सम्बन्ध झनै चिसिएको थियो।

‘बिहान ८ बजेतिर प्रधानमन्त्री ज्यूले फोन गरेर म त्यता आउँदैछु, तपाईकोमा पनि आउँछु भनेर भन्नुभएको थियो,’ भट्ट निकट स्रोतले भन्यो, ‘उहाँले पनि हुन्छ आउनुस भन्नुभयो र भेटघाट भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .