चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन केन्द्रीय सदस्य दिनेश कोइराला लगायतले आग्रह गरेका छन्।
कोइराला सहित पूर्व सभापति कृष्ण लाल सापकोटा, पूर्व सांसद भिम बहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले आगामी वैशाख १० गते उपनिर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठलाई मत दिन अपिल गरेका हुन्।
‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको छ। मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य बिगत देखी बर्तमान सम्मको इतिहासले पुष्टि गरिसकेको छ,’ जारी अपिलमा भनिएको छ, ‘कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको छ।’
नेपाली कांग्रेसलाई बलियो र सुदृढ बनाउनु आज देशको आवश्यकता हुन गएको उनको भनाई छ।
‘चितवन क्षेत्र नम्बर २ को उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन हामी समस्त मतदातालाई हार्दिक अपिल गर्दछौं,’ अपिलमा भनिएको छ, ‘काग्रेसको हितसोचि, हिजो हाम्रो अभियानमा साथ दिनुहुने सबैमा हार्दिक धन्यबाद दिदै, नेपाली कांग्रेसका रुख चिन्ह वाहक उम्मेदवारको विजयका लागि नेपाली कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकहरुलाई एकढिका बनेर लागिपर्न पनि आव्हान गर्दछौं।’

Shares

प्रतिक्रिया