ad ad

खेल


जनकपुरधाम मेयरकपमा हेटौडा र जनकपुर विजयी

लगातार दोस्रो म्याच जित्दै जनकपुर सेमिफाइनलमा
जनकपुरधाम मेयरकपमा हेटौडा र जनकपुर विजयी

नेपालखबर
चैत २५, २०७९ शनिबार १७:३३, जनकपुरधाम

जनकपुरधाममा जारी मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत हेटौडा र जनकपुरको टिम विजयी भएको छ। हेटौंडाले रौतहटलाई पराजित गरेको छ भने जनकपुरले सिरहाको टिमलाई पराजित गरेको हो।

जनकपुर प्रतियोगितामा लगातार दोस्रो म्याचमा जित निकाल्दै सेमिफाइनलमा समेत प्रवेश गरेको हो। 

शनिबार भएको पहिलो खेलमा हेटौडाले रौतहटलाई ५ विकेटले पराजित गरेको छ। रौतहटले दिएको १ सय ९ रनको लक्ष्य हेटौडाले १६ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो।

हेटौंडालाई सहज जित दिलाउन गौरव खडाकाले अविजित ५१ रनको अर्धशतकिय पारी खेले। त्यस्तै हेटौंडाका लागि सुमन सुनारले १३ र रामनरेश गिरीले १० रनको योगदान गरे। 

रौतहटको बलिंगमा आशिक साह र संजय साहले २÷२ तथा धर्मेन्द्र साहले १ विकेट लिन सफल भए। 

यसअघि पहिले ब्याटिङ्ग गरेको रौतहट अरविन्द चौधरीको ३६ र धर्मेन्द्र साहको २७ रनको योगदानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रनको स्कोर खडा गरेको थियो।

रौतहटलाई सस्तैमा समेट्न शुभ कंसकार र रामनरेश गिरीले घातक बलिंग गर्दै ३/३ विकेट लिए। त्यस्तै अशिम श्रेष्ठ र विशाल फुयालले १÷१ विकेट लिएका थिए।

शनिबारको दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरको टिम सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो खेलमा महोत्तरीलाई पराजित गरेको जनकपुरको टिम लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो। 

सिरहाले दिएको ८४ रनको झिनो लक्ष्य जनकपुरको टिमले बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो। जनकपुरका लागि हरिशंकर साहले ३६ र मयन यादवले ३० रनको अविजित पारी खेले। 

यसअघि पहिले ब्याटिङ्ग गरेको सिरहाको टिम जनकपुरको बलरसामु टिकेर ब्याटिङ्ग गर्न सकेनन्। सिरहाका लागि शैलेन्द्र साह १७, राकेश कामत १६, कृष्णा साह १२ र अशोक यादवले ११ रनको सानो सानो पारी खेलेका थिए।

सिरहाली टिमलाई सस्तैमा समेट्न कृष्णा कार्की र विशाल सुशलिंग घातक बलिंग गरेका थिए। दुबैले ४÷४ विकेट लिएका थिए। आकाश रोय २ विकेट लिन सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .