ad ad

राजनीति


गणतन्त्र उल्ट्याउन राजावादी फेरि सक्रिय हुन थाले : मसाल प्रवक्ता पुरी

गणतन्त्र उल्ट्याउन राजावादी फेरि सक्रिय हुन थाले : मसाल प्रवक्ता पुरी

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १९:५६, काठमाडौँ

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्। 

शुक्रबार जनआन्दोलन दिवसका अवसरमा राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै प्रवक्ता पुरीले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन राजावादीहरु फेरि सक्रिय हुन थालेको बताए।

उनले जनताले रगतसँग साटेर ल्याएको परिवर्तनमाथि विदेशी शक्तिले समेत आँखा गाडिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सचेत हुनुपर्ने बताए। 

उनले संघीयताका कारण मुलुकको अर्थतन्त्रसँगै राष्ट्रियता पनि खतरामा परेकोले खारेजीको गर्नुको विकल्प नरहेको बताए।

कार्यक्रममा बोल्दै जनमोर्चाका सल्लाहकार तथा राष्ट्रिय सभा सदस्य राजेश विकले सत्तासीन दलहरुकै कारण जनताले कठिन संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए।

उनले मिटरब्याज पीडितको समस्याप्रति सरकार जिम्मेवार हुन नसकेको आरोप पनि लगाए। 

नेकपा (मसाल) ले २०४६ साल चैत २४ गते जनआन्दोलन उत्कर्षमा पुगेको स्मृतिमा हरेक वर्ष चैत २४ लाई जनआन्दोलन दिनवसका रुपमा मनाउने गर्दछ। 

जनआन्दोलन दिवसका अवसरमा आज जनमोर्चाले विभिन्न जिल्लामा कार्यक्रम गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .