ad ad

राजनीति


सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनीत

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनीत

नेपालखबर
चैत २३, २०७९ बिहिबार १६:५७, काठमाडौँ

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेका छन्। 

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेका हुन्। 

उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेको जानकारी गराए। 

कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरु अजयकुमार चौरसिया, अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ र नागिना यादव परेका छन्। 

त्यसैगरी पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा र रुपा सोसी चौधरी पनि समितिमा परेका छन्। 

सभामुख घिमिरेले लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हीतराज पाण्डे र ज्ञानबहादुर शाहीलाई पनि कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .