राजनीति


उपनिर्वाचनका कारण सर्‍यो जसपाको विधान अधिवेशन

उपनिर्वाचनका कारण सर्‍यो जसपाको विधान अधिवेशन

नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:४, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ।

निर्धारित समयमा विधान अधिवेशन गर्न आवश्यक तयारी पूरा नभएको र त्यही समयमा देशमा उपनिर्वाचन भइरहेकाले विधान अधिवेशन सारिएको हो।

पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्वनिर्धारित समय परिवर्तन गर्नु परेको जसपाले जनाएको छ। 

अब जसपाले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा विधान अधिवेशन हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad