राजनीति


माधव नेपाल अझै नेकपाको तेस्रो वरियतामा !

माधव नेपाल अझै नेकपाको तेस्रो वरियतामा !

नेपालखबर
पुस २०, २०७६ आइतबार १०:२६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो वरियतामा माधवकुमार नेपाल नै रहेको पार्टीको आधिकारिक वेवसाइटमा उल्लेख गरिएको छ।

नेकपाको आधिकारिक वेवसाइट (एनसीपी डट ओआरजी डट एनपी) ले नेपाललाई अहिले पनि तेस्रो वरियतामा राखेको छ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो र दोस्रो वरियतामा छन् भने तस्रो वरियतामा नेपाल र चौथोमा झलनाथ खनाल रहेका छन्।

गत भदौ ४ गते बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो वरियतामा ल्याएर ‘वरिष्ठ नेता’ बनाउने निर्णय गरेको थियो। नेता नेपालले यो विषयमा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए। खनाललाई तेस्रो वरियतामा ल्याएको साढे ४ महिना बितिसक्दा पनि पार्टीको आधिकारिक वेवसाइटमा भने नेपाल नै तेस्रो वरियतामा रहेको उल्लेख छ।

नेकपाको वेवसाइटमा रहेको नेताहरुको वरियताक्रम

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि २०७५ जेठ ३ गते नेकपा बनेको हो। एकतापछि बनेका पार्टी विधानमा दुई अध्यक्ष र ९ सचिवालय सदस्य रहने व्यवस्था गरिएको थियो। जसअनुसार दुई अध्यक्षपछि तेस्रो वरियतामा नेता नेपालको नाम राखिएको थियो। एकता अगाडिको तत्कालीन एमालेमा दोस्रो वरियतामा रहेका खनाललाई चौथो वरियतामा राखिएको थियो। खनाल एकताको समयमा चीन भ्रमणमा थिए। स्वदेश फर्किएपछि खनालले वरियताप्रति असहमति जनाए। आफू नेता नेपालभन्दा माथि रहेको बताउँदै उनले असन्तुष्टि व्यक्त गरेपछि साउन ३१ गते बसेको सचिवालय बैठकमा वरियता सच्याउने सहमति बनेको थियो।

त्यसपछि भदौ ४ गते बसेको सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने र खनाललाई तेस्रो वरियतामा ल्याउने निर्णय गर्‍यो।

पार्टीले औपचारिक रुपमै निर्णय गरेको चार महिना १६ दिन बितिसक्दा पनि तीन लाख ३२ हजार ३ सय लाइक पेज रहेको पार्टीको आधिकारिक वेवसाइटमा अध्यक्ष द्वयपछि नेपाल र त्यसपछि मात्रै खनाललाई राखिएको छ। नेपाल र खनाल दुबैलाई वरिष्ठ नेता भनेर वेवसाइटमा उल्लेख गरिएको छ।

वेवसाइटमा शुक्रबार बसेको नेकपाको सचिवालय बैठकको तस्बिर राखिएको छ। त्यसअघि पुस १६ गतेको अंग्रेजी नयाँ वर्ष र गुरुङ समुदायको तमु ल्होसारका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले दिएको शुभकामना सन्देश राखिएको छ। यस हिसाबले हेर्दा अन्य विषयमा भने वेभसाइट अपडेट नै भएको देखिन्छ।

वेवसाइटमा सचिवालयका अन्य नेताहरुको वरियता भने मिलाएर राखिएको छ। जसमा पाँचौमा वामदेव गौतम, छैठौँमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सातौँमा ईश्वर पोखरेल, आठौँमा रामबहादुर थापा रहेका छन् भने महासचिवमा विष्णु पौडेललाई सचिवालय वरियताको अन्तिम सूचीमा छन्।

त्यस्तै वेवसाइटमा स्थायी कमिटी सदस्यहरुको नाम पनि फोटोसहित राखिएको छ। स्थायी समिति सदस्यहरुको नाम भने वर्णानुक्रमअनुसार राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad