नेपाली कांग्रेसले बारा–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने निर्णय गरेको छ।
केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले बारा–२ मा जसपालाई सघाउने निर्णय गरेको हो।
आगामी वैशाख १० गते हुन गइरहेको निर्वाचनमा बारा–२ मा जसपाका उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए।
उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको छ।
99
Shares
प्रतिक्रिया