ad ad

समाज


सिन्धुपाल्चोकसहित ४ जिल्लामा भारी वर्षा, मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे ‘अलर्ट’

सिन्धुपाल्चोकसहित ४ जिल्लामा भारी वर्षा, मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे ‘अलर्ट’

फाइल तस्बिर: काठमाडौँको त्रिपुरेश्वर चोक


नेपालखबर
असोज १७, २०८१ बिहिबार ९:२८, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) कोसी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्र तथा बागमती प्रदेशका काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

महाशाखाले आज बिहान ९ बजेतिर जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका एक/दुई स्थानमा भारी वर्षासमेत भएको छ।  

महाशाखाले सचेत गराउँदै अगाडि भनेको छ– आगामी २४ घण्टाका लागि गरिएको मौसम पूर्वानुमानअनुसार कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको साथै कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .