ad ad

कारोबार


उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल व्यवसायीले फेरि आफ्नै खर्चमा बनाउनुपर्ने

उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल व्यवसायीले फेरि आफ्नै खर्चमा बनाउनुपर्ने

उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल (भुपेन्द्र राई)


नेपालखबर
असोज १७, २०८१ बिहिबार १७:३, काठमाडौँ

उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल निर्माण व्यवसायीको खर्चमै निर्माण गर्नुपर्ने भएको छ।

डेढ वर्षअघि निर्माण सकिएर गाडी गुडे पनि सडक डिभिजनमा हस्तान्तरण नभएकाले निर्माण व्यवसायीकै खर्चमा निर्माण गर्नुपर्ने भएको हो। 

सगरमाथा राजमार्गअन्तर्गत उदयपुर र खोटाङ जोड्ने पुल गत शनिबार सुनकोशी नदीले बगाएको थियो। निर्माण कम्पनीले ठेक्का लागेको १३ वर्षमा पूरा गरे पनि हस्तान्तरण भने गरेको थिएन। 

‘निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको थिएन। अहिले एकतर्फी ठेक्का सम्झौता तोडिएको पत्र सडक विभागमा पठाएको छ’, सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ललिजन खनालले भने, ‘कम्पनीले नै पुन: बनाउनुपर्छ। उसले इन्स्योरेन्स दाबी गर्न पाउँछ।’

यसैबीच, कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई बिहीबार पुल बगाएको ठाउँमा पुगेका छन्। 

‘फोक्सिङटारमा निर्माण भएको मोटरेबल पुल र सगरमाथा लोकमार्गअन्तर्गत उदयपुर खण्डको निरीक्षण गर्न गाइघाट–दिक्तेल सडक  कार्यलयका इन्जिनियरहरुसहित पुगेको छु’, उनले उल्लेख गरेका छन्, ‘पुल बगाउँदा मन दुःखेको थियो नै, त्यहाँ पुगेर खोटाङ पुग्न नपाउँदा झनै दुःखेको छ।’

मन्त्री राईले कोशीको पानीको वहाव घट्नासाथ बेलिब्रिज जोड्नको लागि आजैदेखि प्रक्रिया सुरु गर्न सुझाएका छन्। 
 
‘बगाएको पुल निर्माण व्यवसायीले ठेक्का सम्झौताअनुसार सम्पन्न नगरिसकेको कारण सरकारलाई हस्तान्तरण नभइसकेको हुनाले अबको प्रक्रिया र पुल चाँडोभन्दा चाँडो बन्ने सुनिश्चितताको लागि आवश्यक पहल गरिएको छ’, राईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .