ad ad

खेल


आईपीएल : मार्क उडले लिए दिल्ली क्यापिटल्सविरुद्ध ५ विकेट

आईपीएल : मार्क उडले लिए दिल्ली क्यापिटल्सविरुद्ध ५ विकेट

नेपालखबर
चैत १९, २०७९ आइतबार १२:९, काठमाडौँ

इंग्ल्यान्डका फास्ट बलर मार्क उडले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा ५ विकेट लिएका छन्। 

उडले ५ विकेट लिएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्लीलाई ५० रनले पराजित गर्यो। उडले आफ्नो स्पेलमा मात्र १४ रन खर्चे। जुन आइपीएलमा इंग्लिस खेलाडीले गरेको अहिलेसम्मकै उच्च प्रर्दशन हो। 

दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार पारेको थियो। 

लखनउका कार्ल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्का हान्दै ७३ रनको उत्कृष्ट पारी खेले। 

जवाफी ब्याटिङमा दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। दिल्लीका कप्तान डेभिड वार्नरले ४८ बलमा ७ चौका हान्दै ५६ रनको योगदान दिए। 

दिल्लीलाई कम स्कोरमा रोक्न मार्क उडले ५ तथा अभेस खान र रवि विस्नोइले समान २ विकेट लिए। 

मार्कले आफ्नो पहिलो ओभरको तेस्रो (४.३ ओभरमा) बलमा ओपनर पृथ्वी शलाई १२ रनमा बोल्ड आउट गरे। दोस्रो बलमा मिचेल मार्सलाई पनि बोल्ड गरे। तर तेस्रो बलमा सर्फराज खानले मार्कलाई ह्याट्रिक गर्न दिएनन्। 

उडले छैटौँ ओभरको अन्तिम बलमा सर्फराज खानलाई क्याच आउट गराए। १९ ओभरको पहिलो बलमा अक्षर पटेललाई क्याच आउट गराएका मार्कले त्यहि ओभरको पाँचौँ बलमा चेतन साकारियालाई पनि आउट गरे।

योसँगै आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा मार्कले आफ्नो नाम लेखाए। यो अघि इंग्ल्यान्डका अलराउन्डर डिमी मस्कारेन्सले सन् २०१२ मा किंग्स एलाभेन पञ्जावले २५ रन दिएर ५ विकेट लिएका थिए। 

खेलपछि लखनउका कप्तान केएल राउलले यो दिन मार्क उडको दिन भएको बताए। यो सबै फास्ट बलरको सपना हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .