राजनीति


रास्वपाको साधरण सदस्य हुँ, पछाडि फर्कने बानी छैन : स्वर्णिम वाग्ले

रास्वपाको साधरण सदस्य हुँ, पछाडि फर्कने बानी छैन : स्वर्णिम वाग्ले

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत १८, २०७९ शनिबार १७:३२, काठमाडौँ

अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफू कांग्रेसमा फर्कने कुनै कुरा नभएको बताएका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. वाग्लेले आफ्नो पछाडि फर्कने बानी नरहेको बताए। 

‘म रास्वपाको साधरण सदस्यको रुपमा यहाँ आएको छ। पछाडि फर्कने मेरो बानी छैन। र नेपाली कांग्रेसबाट छाड्दैगर्दा मैले भनेको थिएँ,’ उनले भने, ‘फेरि तपाईंहरुजस्तो सुधारक नेतृत्व आएको खण्डमा रास्वपा र कांग्रेस दुवै प्रजातान्त्रिक दल हो। त्यसबेलामा एक हुन सकिन्छ भनेको मात्र हो। तर म अहिले कांग्रेस जाने कुनै कुरा छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad