ad ad

राजनीति


पर्यटनमन्त्री भन्छन्– पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिशनमा मात्रै लागे

पर्यटनमन्त्री भन्छन्– पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिशनमा मात्रै लागे

नेपालखबर
चैत १८, २०७९ शनिबार १४:४३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाई थियो। 

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको समेत बताए। 

‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो। यसको ठूलो उद्देश्य छ। आज म धेरै नै फोहोरमा पसेको छु। साथीहरूले डाँडाडाँडा सफा गरेर हिँड्थ्यो,’ उनले भने, ‘प्लाष्टिक मात्रै भेटिन्थ्यो। आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु।’

पशुपतिनाथमा जाने दर्शनार्थीहरुले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि ट्वाईलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि गुनासो गरे। 

‘पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो। जहाँ हामी सफाई नै गर्दैनौं। धेरै मानिसहरूले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा। म आफैं ट्वाईलेट खोजी हिँडदै थिएँ। कति गाह्रो छ। हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं। त्यसमा यो पनि एउटा आधार भएको छ।’ उनले भने।

मन्त्री किराँतीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए।

भिडिओः

‘हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने। कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने। विकास कोषका साथीहरू कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने। आज त्यहाँको सबै जनताले भने नि त,’ किराँतीले भने, ‘त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अब संस्कृति जनतामा कस्तो भने कुकुर डोहो¥याउँदै जाने, मर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लास्टिकमा फोहोर फ्याँकेर हिँड्ने। हामी सबै सुध्रिनुपर्ने देखिन्छ।’

उनले सो क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरूले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाईका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .