नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाको बर्खास्ती माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु भएको छ।
नेविसंघ वृहत् संघर्ष समितिले सभापतिको खारेजी, सभापतिले गरेका सम्पूर्ण चिठी खारेजी र १२ औं महाधिवेशन सुनिश्चित थिरनुपर्ने मााग गरेको छ।
सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने पनि उनीहरुको माग छ।
स्ववियु निर्वाचनपछि विभिन्न जिल्लाहरूमा अध्यक्ष चयन गर्दा नेविसंघभित्र विवाद देखिएको छ।
कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक हुँदा विवाद बढेको हो।
102
Shares
प्रतिक्रिया