ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाए मिटरब्याजपीडितलाई

प्रधानमन्त्रीले बोलाए मिटरब्याजपीडितलाई

नेपालखबर
चैत १७, २०७९ शुक्रबार २१:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मिटरब्याजपीडितलाई बालुवाटार बोलाएका छन्।

भोलि (शनिबार) विहान ८ बजे मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौँ आई आन्दोलनरत छन्।  

यसअघि सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ। 

यस्तै, सरकारले गठन गरेको वार्ता टोलीले यसअघि नै पीडितसँग छलफल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .