राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले स्वकीय सचिव पदका लागि आवेदन खुला गरेकी छिन्।
रास्वपाबाट समानुपातिक सांसद बनेकी डाँगीले योग्यता पुगेका, कर्मशील तथा इच्छुक नेपाली युवाहरूले ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामार्फत जानकारी गराएकी छिन्।
७ दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।
जसका लागि शैक्षिक र अन्य योग्यता पनि आवश्यक रहेको जनाइएको छ कानुन वा राजनीतिशास्त विषयमा स्नातक गरेको हुनुपर्ने डाँगीले जारी गरेको सूचनामा उल्लेख छ।
सूचना प्रविधि सम्बन्धी आधारभूत ज्ञान तथा सीप भएको नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको व्यक्ति हुनुपर्ने बताउँदै महिलालाई विशेष ग्राह्यता दिइने पनि उल्लेख गरिएको छ।
डाँगी प्रतिनिधिसभा सांसदहरुमध्ये सबैभन्दा कम उमेरकी सांसद हुन्।
चैत १७, २०७९, शुक्रबार
प्रतिक्रिया