ad ad

राजनीति


स्वर्णिम वाग्लेपछि रमेश खरेल रास्वपामा, यी हुन् तीनै क्षेत्रका सम्भावित उम्मेदवार

रवि चितवन २ मा उठ्ने निश्चित
स्वर्णिम वाग्लेपछि रमेश खरेल रास्वपामा, यी हुन् तीनै क्षेत्रका सम्भावित उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार २२:५४, काठमाडौँ

अर्थविद् स्वर्णिम वाग्लेपछि पूर्वडीआईजी रमेश खरेल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन्।

रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा बिहीबार राति सार्वजनिक गरेको हो।

बारा २ बाट अब खरेल रास्वपा उम्मेदवार हुने करिब पक्का भएको छ। त्यहाँका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ।

उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ।

तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ। तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ।

तनहुँ १ मा कांग्रेसले गोविन्दराज भट्टराईलाई उठाउने भएको छ। एमालेले काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई उठाउने सम्भावना बलियो छ।

चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन्।  

४ मंसिरको चुनावमा फराकिलो मतसहित निर्वाचित लामिछानेले नागरकिता विवादमा माघ १३ गते सांसद र मन्त्री पद दुवै गुमाएका थिए।

चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उठाउने भएको छ। एमालेबाट रामप्रसाद न्यौपानेसहित तीनजनाको नाम चर्चामा छ। तर उम्मेदवार तय भइसकेको छैन।

बारा २ मा उपचुनाव लड्ने तयारीमा रहेका खरेल ४ मंसिरमा भएको चुनावमा काठमाडौं १ बाट पराजित भएका थिए।

बारा २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपति भएका छन्। त्यहाँ खरेल उठ्ने भएपछि चुनावी भिडन्त रोचक हुने भएको छ।

बारा २ मा जसपाबाट उपेन्द्र यादव, जनमतबाट रामसहायसँग मंसिरमा झिनो मतले पराजित शिवचन्द्र कुशवाहा र लोसपाबाट राजेन्द्र महतो लड्ने पक्का जस्तै छ। अब खरेल पनि थपिएपछि चुनावी प्रतिस्पर्धा कडा हने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .