ad ad

राजनीति


स्वर्णिम वाग्लेको आरोप : कांग्रेस दाइ-भाउजु, साला-भतिजको गिरोहमा परिणत भयो

स्वर्णिम वाग्लेको आरोप : कांग्रेस दाइ-भाउजु, साला-भतिजको गिरोहमा परिणत भयो

नेपालखबर
चैत १६, २०७९ बिहिबार १७:९, काठमाडौँ

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस दाइ-भाउजु, साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गर्दै उनले कांग्रेस दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका हुन्।  

‘पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ,’ वाग्लेले लेखेका छन्, ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’ 

२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको आफ्नो संलग्नता र ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको वाग्लले लेखेका छन्।  

पार्टीभित्र ३० वर्षदेखि परोक्ष र विगत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उनको भनाइ छ। 

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै नयाँ वर्षको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने वाग्लेले बताएका छन्।

‘आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो,’ उनले लेखेका छन्। 

कांग्रेस–कम्युनिस्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका तथा विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने वाग्लेले भनाइ छ।

रविसँग छलफलमा छन् कांग्रेस छाडेका स्वर्णिम, आजै घोषणा गर्ने तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .