नेपाली कांग्रेससम्वद्ध अर्थविद् स्वर्णिम वाग्ले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग छलफलमा छन्।
रास्वपाका एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार सभापति लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाल लगायतका नेताहरुसँग उनी छलफलमा छन्।
वाग्लेले तनहुँ १ बाट उम्मेदवार बन्ने तयारीका लागि बुधबार निर्वाचन क्षेत्रको वस्तुस्थिति बुझेका थिए।
उनी तनहुँबाट बिहीबार फर्किएर काठमाडौंमै रास्वपाका नेतासँग छलफलमा रहेका हुन्।
‘अहिले स्वर्णिमजी र हाम्रा पदाधिकारीबीच छलफल भइरहेको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘सभापति, उपभापति, महामन्त्री छलफलमा हुनुहुन्छ।’
अर्का नेताले स्वर्णीमले आजै रास्वपामा खुलेको सार्वजनिक गर्ने तयारी गरेको बताए। ‘५ बजेभित्र नयाँ कुरा घोषणा गर्छुभन्नुभएको छ,’ उनले भने।
स्वर्णिमले अहिले केहीबेरअघि कांग्रेस छोडेको घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया