कारोबार


नवौँ एसएसइएसएआर अन्तर्राष्ट्रिय सेमिनार १९ गतेदेखि काठमाडौंमा

नवौँ एसएसइएसएआर अन्तर्राष्ट्रिय सेमिनार १९ गतेदेखि काठमाडौंमा

नेपालखबर
चैत १६, २०७९ बिहिबार १६:५३, काठमाडौँ

चैत १९ देखि काठमाडौंमा धर्म, संस्कृति,  कला, वास्तुकला लगायत विषयमा कार्यपत्र प्रस्तुत हुने नवौं साउथ एण्ड साउथ इस्ट एसियन एसोसिएसन फर दि स्टडी अफ कल्चर एण्ड रिलिजन (एसएसइएएसआर) अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ।

तीनदिनसम्म चल्ने यो सेमिनारको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले गर्ने भएका छन्।

रविभवन स्थित नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)को कार्यालयमा सञ्चालन हुने सेमिनारको आयोजना त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले गरेको हो। यसको सहआयोजकमा नाथम रहेको छ।

सेमिनारमा १७ देशका करिब १५० जना विषयविज्ञहरुको सहभागिता रहनेछ भने १२५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजक नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख सोमप्रसाद खतिवडाले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा धर्म, संस्कृति, कला, वास्तुकला आदि विषयमा अध्ययन गरिएको कार्यपत्र प्रस्तुत हुनेछ।

सन् २००५ मा पहिलोपटक भारतको नयाँ दिल्लीमा आयोजना भएको यो सेमिनार दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका मुलुकहरुमा आयोजना हुँदै आएको छ।

हरेक २/२ वर्षमा हुने यो कार्यक्रम एकपटक दक्षिण एशियाली मुलुकमा र अर्काेपटक दक्षिण पूर्वी एसियाली मुलुकमा गर्ने गरिएको छ। सन् २०२१ मा म्यानमारमा गर्न लागिएको यो सम्मेलन कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन।

सेमिनारमा नेपाली वा अँग्रेजीमध्ये एक भाषामा कार्यपत्र प्रस्तुत हुने छ। जसमा २५ जना नेपाली विषयविज्ञको सहभागिता हुनेछ भने बाँकी विदेशी विज्ञहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .