ad ad

राजनीति


यो सरकारले केही गर्छ भन्ने विश्वास जनतामा जगाउनु ठूलो उपलब्धि : सञ्चारमन्त्री

एकदुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने भनाइ
यो सरकारले केही गर्छ भन्ने विश्वास जनतामा जगाउनु ठूलो उपलब्धि : सञ्चारमन्त्री

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०७९ बुधबार १४:१९, काठमाडौँ

नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन्। 

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन्। 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन्। 

यसले १/२ दिन भित्रै यसले पूर्णता पाउने उनले बताइन्। मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर गरिन्। 

‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनु भएको छ। सरकार विस्तार करिब अन्तिम अवस्थामा आएको छ', उनले भनिन्, '१/२ दिनमै सरकारले पूर्णता पाउनेछ। यो सरकार गठन भएपछि जनतामा सकारात्मक आशा पलाएको छ। यो सरकारले केही गर्छ भन्ने कुराको भाव दिन यो नेतृत्व सफल भयो। त्यो सबैभन्दा ठूलो हो भन्ने मलाई लाग्छ।’

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।

उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .