प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्की जेठी छोरी ज्ञानु दाहाल केसीको आज आठौं स्मृति दिवस हो। २०७० चैत १३ गते निधन भएकी छोरी ज्ञानुको स्मृतिमा प्रधानमन्त्री प्रचण्डले तस्बिरमा माल्यार्पण गरेका छन्।
माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर सार्वजनिक भएको छ।
दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समय अघि मात्र जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखिएको थियो।
ज्ञानुको ४० वर्षकै उमेरमा उपचारकै क्रममा काठमाडौँको ओम अस्पतालमा मृत्यु भएको थियो।
एक्कासि छोरीको निधनले सीता अहिलेसम्म पनि विक्षिप्त छिन्।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया