प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका बेला पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालबीच छलफल भइरहेको छ।
नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच धुम्बाराहीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको हो।
दुवै शीर्ष नेताहरुबीच धुम्बाराहीमा आधा घण्टादेखि छलफल चलिरहेको एक नेताले जानकारी दिए।
अध्यक्ष नेपाल नयाँ बानेश्वरस्थित संसद् भवनबाट निस्केर सभापति देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन्।
चैत १२, २०७९, आइतबार
159
Shares
प्रतिक्रिया