ad ad

राजनीति


संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : रमेश लेखक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : रमेश लेखक

फाइल तस्वीर


नेपालखबर
चैत १२, २०७९ आइतबार १७:५१, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्याय सरकार वा कुनै राजनीतिक पार्टीको मात्रै विषय नभई सिंगो राष्ट्रकै साझा विषय भएकाले हुनाले त्यसलाई टुंगोमा पुर्याउन पनि सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह समेत गरे।

प्रमुख सचेतक लेखकले भने, ‘अहिले सरकारले जुन विधेयक प्रस्तुत गरेको छ। यसले संक्रमणकालीन न्यायको विषयलाई ठिक ढंगले सम्बोधन गर्नेछ भन्ने विश्वास लिएको छु। र, म आग्रह गर्न चाहन्छु भने–यो संक्रमणकालीन न्यायको विषय कुनै एउटा राजनीतिक दल अथवा सरकार अथवा व्यवस्थापिका वा न्यायपालिकाको मात्रै विषय होइन। यो समग्र राष्ट्रको विषय भएको हुनाले यो हामी सबैको साझा विषय हो। र, साझा विषयकै रुपमा यसलाई अगाडि बढाउनुपर्दछ भन्ने म आग्रह गर्न चाहन्छु।’ 

उनले पीडितलाई न्याय दिन, परिपुरणको व्यवस्था गर्न र मुलुकमा फेरि द्वन्द्व आउन नदिने गरी सरकारले सो विधेयक ल्याएको जिकीर गर्दै त्यसलाई सहमति, सहकार्य र संवादको माध्यामबाट राजनीतिक दलहरुले पारित गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। 

उनले थपे, ‘यो विधेयक अत्यन्त आवश्यक विधेयक भएको हुनाले यसलाई हामी सबैले सहमत भएर, एकतावद्ध भएर जसरी हामीले हिजो विस्तृत शान्ति सम्झौंता गर्यौं। मुलुकको १० वर्षको सशस्त्र संघर्षलाई शान्तिमा रुपान्तरण गर्यौं। त्यसै स्पिरिटका साथ सहकार्य, सहमति र संवादकामार्फत् नै अगाडि बढनु पर्छ। र, यसलाई चाँडो भन्दा चाँडो पारित गरेर संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिनु पर्दछ भन्ने आग्रह गर्दछु।’

प्रमुख सचेतक लेखकले १० वर्षे सशस्त्र संघर्षलाई शान्तिमा रुपान्तरण गरेका राजनीतिक दलहरुले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगोमा पुर्याउने विश्वास समेत व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .