राजनीति


नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग विश्वप्रकाश शर्माको माग

नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग विश्वप्रकाश शर्माको माग

नेपालखबर
चैत १२, २०७९ आइतबार १४:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग आग्रह गरेका हुन्। 

शर्माले जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन र समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन पनि आग्रह गरे। अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गनुपर्ने उनको माग थियो। 

शून्य समयमा भूमी विषय उठाउँदै विश्वप्रकाश शर्मा:
सम्माननीय सभामुख महोदय,
‘जसमाया केरुङ्ग’
यो सम्मानित सदनमा मैले अहिले उच्चारण गरेको नाम, झापा बुद्ध शान्ति गापा, सट्टाभर्नाकी भुँई मान्छे ८० वर्षीया एक आदरणीय आमाको हो। उहाँ जहिल्यै सोध्नुहुन्छ– मैले स्वास फेरिरहेकोे यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ?

–भांगा गोला, 
–प्यारिभिट्टा,
–मेची डाँडा, 
–टिकापुर
–काली झोडा
–खम्बुटार 
–खरे डाँगी 
अनि देशको अनेकौं भेगका नागरिक सोधिरहेका छन्– नापी कहिले आउँछ? लालपुर्जा कहिले पाइन्छ?
बुद्ध शान्तिलगायत कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरु पनि गर्यो तर गरीब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन। 
त्यसैले सम्माननिय सभामुख मार्फत् म सरकारलाई एकसाथ ४ आग्रह गर्दछु। 
एक–नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस्।
दुई–जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस्।
तीन–कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस्।  
चार–अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .