ad ad

समाज


सांसद बेलबासेको गुनासो : तीनै तहका सरकारले देखेनन् मिटरब्याजीको शोषण

सांसद बेलबासेको गुनासो : तीनै तहका सरकारले देखेनन् मिटरब्याजीको शोषण

नेपालखबर
चैत १२, २०७९ आइतबार १४:४१, काठमाडौँ

 

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकासँग आग्रह गरेकी छन्। 

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन्।

उनले देशभर नै अहिले मिटरब्याज पीडितहरुको समस्या बढ्दै गइरहेकाले यसमा सरकारले गम्भीर बन्नुपर्ने बताइन्। 

‘एउटा दुःख लाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन। करिब २० वर्षयता मिटरब्याजमा पैसा लगाउनेहरु र घर खर्च चलाउन महंगो ब्याजदरमा ऋण लिनेबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ', उनले भनिन्, 'उहाँहरुले विषय उठाउनुभएको छ। उहाँहरु तीन तहको सरकारमा पुग्नुभएको छ, तर पनि मिटरब्याजीहरु उहाँहरुलाई नै दुःख दिने गरी आइरहेका छन्।’

सांसद बेलवासेले हरेक तहमा मिटरब्याजी पीडितहरुले समस्याको उठान गरे पनि समस्या समाधान हुन नसकेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .