ad ad

राजनीति


प्रचण्ड जस्ता बहादुर प्रधानमन्त्री मुलुकले विरलै पाउँछ : प्रदीप यादव

प्रचण्ड जस्ता बहादुर प्रधानमन्त्री मुलुकले विरलै पाउँछ : प्रदीप यादव

संसद बैठकमा बोल्दै जसपा सांसद प्रदीप यादव। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ६, २०७९ सोमबार १६:१३, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दाहाल साहसिक भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावी समेत गरे।

सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गरे।

उनले विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन गरेर अघि बढन प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराए।

‘आज नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक व्यक्त गर्नु भएको प्रतिवद्धता कार्यान्वयन चाहेको छ। म उहाँको प्रतिवद्धताको कार्यान्वयनमा सफलता मिलोस भन्ने कामना गर्न चाहन्छु', उनले भने, 'पुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाइन्छ। यिनका मनमा केही रहँदैन। प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने। अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ। अर्थतन्त्रमा तरलता आएको छ। यो अवस्थामा हामी सबै मिलेर प्रधानमन्त्रीजीलाई मतदान गरौँ।’

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उनले त्यसमा आफूलाई केन्द्रित गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .