ad ad

राजनीति


वामदेवले ओली र प्रचण्डको प्रस्ताव अस्वीकार गरेपछि...

वामदेवले ओली र प्रचण्डको प्रस्ताव अस्वीकार गरेपछि...

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ९:२६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्य बन्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव अस्वीकार गरेका छन्।

शुक्रबार बिहान राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेता गौतमले अध्यक्षद्वयको प्रस्ताव अस्वीकार गरेका हुन्।

प्रतिनिधिसभामा बर्दिया क्षेत्र नं. १ बाट पराजित भएपछि गौतमले संसदमा जान चाहेका थिए। तर, राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था भएका कारण गौतमले यसअघि नै संविधान संशोधन गरेर सो प्रावधान हटाउन माग गरेका थिए।

शुक्रबारको बैठकमा पनि गौतमले यही अडान दोहो¥याए। अध्यक्षद्वयले दुई जनालाई राष्ट्रिसभामा लैजान प्रस्ताव गरे पनि गौतमले प्रतिनिधि सभामा मात्रै जाने अडान लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘पार्टीको सबैभन्दा माथिल्लो कमिटीमा म र वामदेव गौतमजी मात्रै वैधानिक ठाउँमा थिएनौँ’, नेपालखबरसँग श्रेष्ठले भने, ‘उहाँले संघीय प्रतिनिधिसभामा मात्रै जाने बताउनुभयो। जुन अहिले तत्काल सम्भव छैन।’

प्रवक्ता श्रेष्ठका अनुसार गौतमले विधान संशोधन गरेर प्रधानमन्त्री पनि बन्न पाउने व्यवस्था गरेमात्रै राष्ट्रियसभामा जाने बताएका थिए। उनले गौतमले अस्वीकार गरेपछि पार्टीले सचिवालयबाट आफूलाई मात्र राष्ट्रियसभामा पठाउने निर्णय गरेको बताए।

नेकपाका सचिवालयमा रहेका ९ सदस्यमध्ये गौतम र श्रेष्ठ मात्रै संसदमा थिएनन्।

श्रेष्ठ पनि गत निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईसँग पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .