त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ।
बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदानको कार्यतालिका रहेको छ। त्रिविअन्तर्गत काठमाडौंका ३१ क्याम्पसबाट विद्यार्थीले नेतृत्व चयन गर्नेछन्।
जसमध्ये आज १६ क्याम्पसमा मात्रै निर्वाचन हुनेछ। ११ क्याम्पसमा निर्वाचन स्थगित भएकोमा ४ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेको छ।
बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु सदस्य निर्विरोध निर्वाचित भएका छन्।
नेपाल कमर्श क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको छ।
७ क्याम्पसमा विभिन्न विवादका कारण मनोनयन नै दर्ता हुन पाएन। मनोनयन नै दर्ता नभएका पशुपति क्याम्पस चावहिल, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, विश्वभाषा, आरआर र बालमिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन।
यस्तै बानेश्वर बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ।
प्रतिक्रिया